NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

प्रहरीले चासो नदेखाउँदा साहद्वयको हत्या भएको भन्दै सडक अवरुद्ध गरेर प्रदर्शन

प्रहरीले चासो नदेखाउँदा साहद्वयको हत्या भएको भन्दै सडक अवरुद्ध गरेर प्रदर्शन

जनकपुरधाम । अपहरणपछि हत्या भएको जनकपुरधामका विष्णु र रोहित साहको परिवारजनले जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै पदर्शन गरिहेका छन् ।प्रहरीकै लापरवाहीले साहद्वयको ज्यान गएको भन्दै उनीहरूले प्रहरीलाई कारबाहीको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।
जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्वर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो ।अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो ।
तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे । घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए ।यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो ।अपहरणकारीले हत्या गरेपछि धनुषा प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेपछि पीडित परिवार र स्थानीय आन्दोलन थालेका हुन् ।
आन्दोलनकारीले रोहित र विष्णुलाई न्याय दे, प्रहरी प्रशासन मुर्दावाद, गृहमन्त्री राजीनामा देऊलगायतका नारा लगाएका छन् । धनुषाका एसपी विश्वराज खड्कालाई पनि कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।फिरौती मागेलगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धारमा चासो नदेखाउँदा अपहरणकारीले दुईजननाको हत्या गरेको पीडित परिवारको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1