NSW News

३ असार २०८१, आईतवार
ENGLISH

फुसको छानो विस्थापित गर्ने अभियानलाई तिब्रता दिदै मेयर चौधरी

फुसको छानो विस्थापित गर्ने अभियानलाई तिब्रता दिदै मेयर चौधरी

महेश महताे,सिरहा । निर्वाचित भए देखि फुसको छानो हटाउने नेपाल सरकारको लक्ष्यलाई कार्यान्वयन गर्न लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी लागिपरेका छन् । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरि नगरपालिकाले फुसको छानो विस्थापित गर्ने अभियानलाई तिब्रता दिएको नगर प्रमुख चौधरीले बताए । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो हटाएर जस्तापाता हालेर सुरक्षित घर बनाउन लागिएको प्रमुख चौधरीको भनाई रहेको छ।
यसै अभियान अन्तर्गत मंगलवार लहान नगरपालिका वडा नम्बर ३ र १८ काे फुस घर र वर्षाले भत्काएको घर परिवारलाई जस्तापाता (चदरा) वितरण गर्न नगर प्रमुख चौधरीले प्राविधिक, वडा अध्यक्ष र संचारकर्मीसहित निरिक्षण गर्नुभएको छ। निरिक्षण पश्चात वडा नम्बर – ३ र १८ का २४ जना लक्षित समुदायका घरपरिवारहरुलाई जस्तापाता उपलब्ध गराउने नगर प्रमुख चौधरीले जनाए। उहाँले हाल सम्म वडा नं.३ र १८ सहित १२, १३, १४ ,२४ ,१९ का केही वस्तीमा पुगेर नामावली संकलन गरी जस्तापाता वितरण गरिसकेका छन्। वास्तविक फुसको छानो भएको व्यक्तिहरुले नगर प्रमुख चौधरीको अग्रसरतामा जस्तापाता ( चदरा ) पाएपछि खुशी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0