NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

फेरि १८८८ बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम १ अर्ब नाघ्यो ।

फेरि १८८८ बिन्दुमा  झर्‍यो नेप्से, कारोबार रकम १ अर्ब नाघ्यो ।

काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक २० अंकले घटेको छबिन्दुमा

यस दिन नेप्से १.०५ प्रतिशतले घटेर १८८८.५५ बिन्दुमा बन्द भएको छ।

यस अघि चैत १२ गते पनि नेप्से १८८८.२७ बिन्दुमा पुगेको थियो।

सो पछि बढेको नेप्से आज पनि सोही बिन्दुमा पुगेर बन्द भएको छ। यो गत तीन महिनायताकै न्यून बिन्दु हो।

आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ पुगेको छ।

यस दिन २६० वटा धितोपत्रको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच भएको हो।

आइतबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९६ प्रतिशतले बढेको छ।

यसदिन उक्त कम्पनीको सेयरमूल्य २१३ रुपैयाँ १० पैसा पुगेको छ।

यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0