मंसिर १२ गते ।
जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपलिकाका मेयरको राजीनामा माग्दै वडाअध्यक्षहरू काठमाडौं पुगेका हुन् ।
मेयर लालकिशोर साहले उपमहानगरभित्र फोहर व्यवस्थान गर्न नसकेको भन्दै उनको विरुद्धमा प्रदर्शन गर्न काठमाडौ गएको वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।
जनकपुरधाम नगरक्षेत्रको फोहर व्यवस्थापनको लागि आफूहरुले पटक पटक मेयर साहलाई जानकारी गराउँदै आएपछी मेयरले फोहरको बेवास्ता नरेपछि आन्दोलन गर्नुपरेको वाडा अध्यक्ष साहले बताए । नगरमा आन्दोलन गर्दा त्यसको सुनुवाई नगरेपछि आफुहरु संघीय राजधानी आइपुगेको बताए ।
वडा नम्बर १, ३, ४, ७ र ९ का अध्यक्षसहित २२ जना काठमाडौ गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1