NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

फ्रान्स पठाइदिन्छु भनी ४० लाख रकम ठगी गरेको आरोपमा सुरेश कुमार पाख्रिन पक्राउ

फ्रान्स पठाइदिन्छु भनी ४० लाख रकम ठगी गरेको आरोपमा सुरेश कुमार पाख्रिन पक्राउ

काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी ४० लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका-३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-१३ बस्‍ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

उनले फुर्पा शेर्पासहित ४ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्‍दै प्रतिव्‍यक्ति १७ लाख गरी ४० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0