NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

बच्चालाई निमोनियाको जोखिम जाडोमा बढी : डा.कमोद निराला

बच्चालाई निमोनियाको जोखिम जाडोमा बढी : डा.कमोद निराला

बच्चालाई निमोनियाको जोखिम जाडोमा बढी : डा.कमोद निराला

जाडो मौषमको सुरुवातसँगै आममानिसमा रुघाखोकीको संक्रमण देखिन थाल्छ । पाँच वर्षमुनिका बालबालिकामा पनि रुघाखोकी लाग्ने बढी सम्भावना हुन्छ । साना बच्चामा देखिएको सामान्य रुघाखोकीलाई हेलचेक्र्याइँ गरेमा निमोनियासम्म हुने खतरा बढ्छ । उस्तै समस्या वृद्धवृद्धामा पनि हुन्छ । बालबालिका र वृद्धवृद्धामा रोगसँग लड्न सक्ने क्षमता कम हुने भएकाले निमोनिया हुने डर बढी भएको हो । निमोनियाकै कारण दम हुनेसम्मको खतरा हुन्छ ।
के हो निमोनिया ?
ल निमोनिया फोक्सोमा आउने एक प्रकारको खराबी हो, जुन प्रदूषित श्वासप्रश्वासका कारण हुने गर्छ । ब्याक्टेरिया र भाइरस सक्रिय हुँदा निमोनिया लाग्ने हो । निमोनियाले फोक्सो सुन्निनुका साथै श्वासप्रश्वासमा समेत बाधा पु-याउँछ । वयस्क मानिसलाई रुघाखाकी लाग्नु सामान्य रूपमा लिन सकिए पनि बच्चाका लागि भने यो घातक हुन्छ ।

बालबालिकाको मृत्यु हुने रोगमध्ये मुख्य रोग निमोनिया नै हो । हरेक पाँच वर्षमा विश्वभर पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुने गर्छ । नेपालमा पाँच वर्षमुनिका ३५ लाख बालबालिकामध्ये पाँच हजार ६ सयजनाको मृत्यु यसैका कारणबाट हुन्छ ।
कारण:-
जाडोयाममा पानी कम पर्ने भएकाले बढी प्रदूषण हुन्छ । र, धुलोधुवाँकै कारण रुघाखोकी लाग्ने सम्भावना बढ्छ । यो मौसममा बढी चिसो हुने भएकाले बाहिर ननिस्कने, धेरैजना एकै ठाउँमा जम्मा हुने, बन्द कोठामा बस्ने आदि कारणले बच्चामा छिटो रुघाखोकीको संक्रमण हुने गर्छ । सामान्यतया हात मिलाउँदा, सँगै बस्दा, खोक्दा, भिडभाडमा हिँड्दा रुघाखोकी सर्ने सम्भावना हुन्छ । यस्ता क्रियाकलाप गर्ने वयस्क मानिसको सम्पर्कबाट बच्चामा रुघाखोकी सर्छ । अन्ततः त्यो निमोनियासम्म पुग्छ ।

हरेक पाँच वर्षमा विश्वभर पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाका कारण हुने गर्छ । नेपालमा पाँच वर्षमुनिका ३५ लाख बालबालिकामध्ये पाँच हजार ६ सयजनाको मृत्यु निमोनियाकै कारणबाट हुन्छ ।
लक्षण:-
सामान्यतया रुघाखोकी तीन–चार दिनमै निको हुन्छ । यदि, यो अवधिमा निको भएन भने निमोनियाको अवस्था आउँछ । अत्यधिक ज्वरो आउने, लामो समयसम्म रुघाखोकी लागिरहने भयो भने बच्चालाई निमोनिया भएछ भन्ने बुझ्नुपर्छ । योवेला बच्चाले खान मन गर्दैनन् । कोखा हान्ने भएकाले रुन्छन् ।

नियन्त्रण गर्ने उपाय:-
बच्चालाई दिने भनेर सरकारले निर्धारण गरेका प्रत्येक खोप पूरा गर्नुपर्छ । जसबाट रोगसँग लड्ने क्षमता बढ्छ ।

आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । तसर्थ, ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । ६ महिनापछि दुई वर्षसम्म आमाको दूधसँगै अन्य पौष्टिक तत्वसमेत खुवाउनुपर्छ ।

बच्चालाई खुवाउनुअघि हात धुने गर्नाले समेत धेरै हदसम्म निमोनियाबाट बचाउन सकिन्छ ।

बच्चा रहने ठाउँवरिपरिको प्रदूषण कम गर्नुपर्छ । त्यो आममानिसले भन्दा पनि सरकारले ध्यान दिन जरुरी छ ।

बच्चालाई सकेसम्म खुला स्थानमा नराख्ने, किनकि चिसोले समाउन सक्छ । त्यस्तै, भिडभाडबाट समेत बचाउन सके संक्रमणबाट बचाउन सकिन्छ ।

बच्चा सुत्ने कोठाको भेन्टिलेसन खुला राख्नुपर्छ । ताकि, स्वच्छ हावा सजिलै ओहोरदोहोर होस् ।

बच्चाले छिटोछिटो श्वास फेरेमा, खान मन नगरेमा, लामो समयसम्म ज्वरो आएमा चिकित्सककहाँ तुरुन्त लानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0