NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

बच्चा अपहरण गरी फिरौती माग्ने महमद अविर हुसैन पक्राउ

बच्चा अपहरण गरी फिरौती माग्ने  महमद अविर हुसैन पक्राउ

रौतहट । चार वर्षीया बच्चा अपहरण गरी फिरौती मागेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–७ बस्ने २४ वर्षीय महमद अविर हुसैन छन्।
उनले बिहीबार साँझ सवा सात बजे आफ्नै घरबाहिर खेल्दै गरेकी चार वर्षीया बच्चा अपहरण गरी लगेका थिए।अपहरण गरेको १५ मिनेटपछि बच्चाका आफन्तलाई हुसैनले फोन गरी आफूले अपहरण गरेर बन्धक बनाइराखेको बच्चा बचाउनका लागि २० लाख रुपैयाँ लिएर राजपुर नगरपालिकाको इद्रिस गेटमा आउन भनेका थिए।
अपहरण र फिरौती रकमको मागबारे प्रहरी वा कसैलाई भने बच्चाको ज्यान मारी फालिदिने धम्कीसमेत उनले दिएको प्रहरीले जनाएको छ।प्रहरीलाई खबर पाएपछि खटिएको प्रहरी टोलीले अपहृत बच्चालाई राजपुर नगरपालिका–१ बहुअर्वा मदसा अगाडि खाटमा सुताइराखेको फेला पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0