NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

बरियारपट्टी नाकाबाट नेपाल प्रहरीकै संरक्षणमा व्यापक भन्सार छली

बरियारपट्टी नाकाबाट नेपाल प्रहरीकै संरक्षणमा व्यापक भन्सार छली

लहान / ६ कार्तिक ।

सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाकाबाट नेपाल प्रहरीकै संरक्षणमा व्यापक भन्सार छली हुने गरेको पाइएको छ ।

प्रहरी कार्यालय हरकट्टीका प्रहरी जवान कृपाराम बि. क. ले चार्डपर्व मौका छोपि तस्करलाई सेटिङ्ग लाइन दिइएको छ। “उनले ” सर्वसाधारण जनतासँग बोल्ने ,गर्ने व्यवहार लज्जास्पद रहेको देखिन्छ , सानोतिनो कुरामा सर्वसाधारणलाई गाली गर्ने , खुट्टाले हान्ने जस्ता गुनासोहरु छन।

प्रहरी बिकले ट्युटी समयमा सर्वसाधारणलाई दु:ख दिने गरेको र आज १ प्याकेट पाटाका फुलझारीका लागि हातखुट्टा लातैलातले हानेको समेत देखियो । सशस्त्र प्रहरी, नेपाल प्रहरीको सिमानाकामा अत्याचारको सिमा नाघिसकेको देखिन्छ।

यो सँगै बरियारपट्टी नाकास्थित श्री सशस्त्र प्रहरी बल नेपाल वियोपी बरियारपट्टीबाट प्रहरीकै सेटिङ्गमा करोडौंको मालसामान वारपार हुने गर्दछन।

वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर साह ठकुरीको सेटिङ्गमा दिनदहाडै व्यापारीलाई लाइन दिई मालसामान वारपार गरेको पाइएको छ । त्यसतै इलाका प्रहरी कार्यालय बरियारपट्टी र हरकट्टी प्रहरी उतिकै तस्करलाई लाइन दिनमा व्यस्त हुने गर्दछन्।
समग्रमा भन्दा बोर्डरमा खटिएका नेपाल प्रहरी र सशस्त्र ” कमाई ” को धन्दा मान्ने गर्दछन।

जिरोमाईल बरियारपट्टी सडकखण्डमा चल्ने स्थानीय बसहरुमा अहिले बसभित्र र बसमाथि सरसामान हेर्दा अचम्म लाग्छन्।

बरियारपट्टी नाकाबाट एक व्यपारीले दिनमा दुईपटक दिउँसो, साँझ गरि २ पटक तिनपाङ्ग्रे मोटरसाइकलमा आँखा अगाडि बाटै मालपास प्रत्येक दिन समान पार गर्दछन।

यस अघि लेखिएको समाचार प्रति उक्त बरियारपट्टी नाकाका प्रहरी निरिक्षक शंकर साह ठकुरीले कुनै सुन्वाई नगरिएको र अहिले सिमानाकामा तस्करराज मच्चाइएको देखिन्छ ।

सशस्त्र प्रहरी बल वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक शंकर साह ठकुरी र इलाका प्रहरी कार्यालय बरियारपट्टीकै प्रहरीको संरक्षणमा तस्करको मिलिमतोमा अवैध मालसमान वारपार व्यापक रुपमा हुने गरेको गुनासो अहिले पनि कायमै छन ।

उक्त बरियारपट्टी स्थानबाट जनावर गाई, गोरु, लताकपडा चिनी, सुपारी खाटीतेलको टिना, चामल , अनेकन अवैध रुपमा भनिएका सामानहरु वारपार हुने गरेको स्थानीयहरु तथा व्यक्ति स्वयंले हेर्न र अनुमान लगाउन सकिन्छ ।

यो बरियारपट्टी भन्सारबाट दिनहुँ ३०-४० जना तस्करलाई लाइन दिने गर्दछन। जसमध्ये २० महिला छन, २० पुरुष छन । उनीहरूसित महिनाबारी उठाउने गर्दछन्।

बोर्डरहरुमा तस्कर घटाउन,यसलाई नियन्त्रणमा लिन माथिल्लो निकायको ध्यानजान अति नै आवश्यक देखिएता पनि, अहिलेसम्म कुनैलाई चासो देखिएको छैन ।

देशको सुरक्षा निकाय सुरक्षाकर्मीलाई मानिन्छ, यदि रक्षक नै भक्षक भएपछि के होलान् ? त्यसैले यस्तो प्रहरी निरीक्षक ठकुरीमाथि निकायले ध्यान अनुगमन अति आवश्यक रहेको स्थानीयहरुले बताएका छन।

हरकट्टी, बरियारपट्टी, औरही, कुसन्डी, कजरा जिझौल जानकी नगर, महेशपुर पतारी माडरलगायतका भन्सार तथा नाकाहरुबाट अहिले पनि दिनहुँ खुलेयाम तस्करी भएको हेर्न सकिन्छ । यस प्रति प्रहरी निकाय मुखदर्शक मात्र रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0