NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

बर्दिबास : सिद्धार्थ बैंकको भवनमा भीषण आगलगी

बर्दिबास : सिद्धार्थ बैंकको भवनमा भीषण आगलगी

बर्दिबास : महोत्तरीको बर्दिबासमा आगलागी भएको छ। बारुणयन्त्र र सुरक्षाकर्मीकाे टाेलीले आगो नियन्त्रणकाे प्रयास गरिरहेकाे छ। आगलागीको कारण पत्ता लागेकाे छैन।

सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएकाे प्रत्यक्षदर्शीहरूकाे भनाइ छ।

आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन। आगलागीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0