NSW News

६ असार २०८१, बुधबार
ENGLISH

बाबा रामदेवले नेपालमा टेभी खोल्ने तयारीमा, प्रधानमन्त्री देउवाले उदघाटन गर्ने

बाबा रामदेवले नेपालमा टेभी खोल्ने तयारीमा, प्रधानमन्त्री देउवाले उदघाटन गर्ने

 

मंसिर १ गते ।
जनकपुरधाम : नेपालमा योग गुरुको रुपमा परिचित भएका बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने तयारीमा लागेका छन् । भारतीय बाबा रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो ।

योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ समेत गर्ने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा  १९ नोभेम्बर मा गर्ने तय भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उदघाटन हुनेछ भने सो क्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्ण भारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0