NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

बारामा मालपोत तथा नापी कार्यालय यथावत् राख्न माग गर्दै प्रदर्शन

बारामा मालपोत तथा नापी कार्यालय यथावत् राख्न माग गर्दै प्रदर्शन

 

भदौ २४ गते ।
जनकपुरधाम  : मधेश प्रदेशको बारामा मालपोत तथा नापी कार्यालय यथावत् राख्न आज माग गर्दै प्रदर्शन गरिएको छ । तीन पालिकाका बासिन्दाले कामकाज अवरोध गर्दै सदरमुकाम कलैयामा जुलुस निकालेका हुन् ।

महागढीमाई नगरपालिका–९, सुवर्ण र देवताल गाउँपालिकाको सेवा सुविधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको विरोधमा सो सेवा पहिलाकै स्थानमा राख्न मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै दुई घण्टा प्रदर्शन गरिएको छ ।

महागढीमाई–९ का वडाध्यक्ष दिलीप शुक्लाको नेतृत्वमा मालपोत कार्यालयदेखि निस्केको जुलुसले कलैयामा मालपोत यथावत् राख्न माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0