NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

बारा २ मा मतदान केन्द्रका मतपेटिका संकलन कार्य अन्तिम चरणमा

बारा २ मा मतदान केन्द्रका मतपेटिका संकलन कार्य अन्तिम चरणमा

बारा ।
उपनिर्वाचन भएका चितवन,बारा र तनहुँका मतदान केन्द्रबाट मतपेटिकाहरु मतगणनास्थलमा धमाधम मतपेटिका संकलन भइरहेको सम्बन्धित निर्वाचन क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेकाले कतिवेलाबाट मतगणना हुन्छ भन्ने एकिन नभएको तीनवटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुले जनाएका छन् ।
निर्वाचन आयोगले मतपेटिका संकलन लगत्तै सर्वदलीय बैठक राखेर मतगणना गर्न दिएको निर्देशन र व्यवस्थाअनुसार सवै स्थानका मतपेटिका संकलन गरेर सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना गर्ने तयारी गरिएको उनीहरुको भनाइ छ ।
बारा २ मा मतदान केन्द्रका मतपेटिका संकलन कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्रका सबै स्थानका मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय गर्ने तयारी रहेको छ । बारा जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीका अनुसार मत पेटिका संकलनको काम अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0