NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

बोर्डिङ्ग स्कूलमा समयमा शिक्षकहरुलाई तलव नदिंदा पीडा बढ्दो

बोर्डिङ्ग स्कूलमा समयमा शिक्षकहरुलाई तलव नदिंदा पीडा बढ्दो

कुशेश्वर उपाध्याय

मंसिर १४ गते ।
जनकपुरधाम । जनकपुरधाम क्षेत्रमा संचालित बोर्डिङ्ग स्कूल मध्ये धेरैले समयमा काम गर्ने शिक्षकहरु तथा अन्य कर्मचारीलाई तलव नदिंदा पीडा बढ्दो छ । ज्ञानको मन्दिरको रुपमा परिचित त्यस क्षेत्रमा शिक्षकहरुले तलव पाउन महिनौं कुर्नुपर्ने बाध्यता छ । त्यति मात्र नभएर त्यहाँ पढाउदै आएका शिक्षकहरुलाई पर्खाउने बहानामा बैंकमा खाता खोल्नुपर्ने भनिन्छ । तलवको भने ठेकान रहदैन कहिले दिइने हो । समयमा तलव नपाउदा शिक्षकहरु पीडित भएर विकल्प खोज्न बाध्य भइ अन्यत्र जाने गर्दछन् । एक त तलव थोर त्योपनि पाउन लामो समय कुर्नुपर्ने बाध्यता ! नमागी तलव पनि पाउन कठिनाई रहेको त्यहाँ पढाउने शिक्षकहरुको गुनासो छ । काम छाडे काम गरेको पैसो धेरैजसो स्कूल संचालकले दिने नियत बनाउदैनन् । आफुले कमाएको पैसो लिन निकै संघर्ष गर्नुपर्छ पीडित शिक्षकले नाम गोप्य राख्ने शर्तमा भने । कुनैनकु्नै आरोप लगाएर दुख दिने काम उनीहरुबाट हुने गरेको छ । यस्कारण ज्ञानको मन्दिर मानिने क्षेत्र सेवा भन्दा व्यापारमा अग्रसर बन्न सफल भएको छ । शिक्षित व्यक्तिमाथि नै त्यहाँ शोषण बढ्दो । थोर तलव अनि ढिलो तलव पाउनुपर्ने बाध्यताले त्यहाँ शिक्षक परिवर्तन भइरहेका हुन्छन् । त्यस्तो प्रवृत्तीले विद्यार्थीमाथि नकारात्मक असर पर्ने गरेको छ । विद्यार्थीबाट शुल्क चर्को भने असुल्ने कार्य भइरहेको हुन्छ । आप्mनो काम स्कूल संचालकहरुले मज्जाले निकालिरहेका हुन्छन् । उनीहरुले स्कूलबाटै असुलेको रकमबाट जग्गा किन्ने घरबनाउने,बालबच्चा बाहिर महँगो शुल्क तिरेर पढाउने गर्दछन् । यता अनुगमन गर्ने जिम्मेवारी पाएको निकायले समेत चासो नदेखाउदा त्यहाँ पढाउने शिक्षकहरु पीडितमाथि पीडित बन्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0