NSW News

६ असार २०८१, बुधबार
ENGLISH

बोर्डिङ्ग स्कूल संचालकहरु त्यहाँको आयले मालामाल भइरहदा त्यहाँ कायम गर्नेहरुको भने हालबेहाल

बोर्डिङ्ग स्कूल संचालकहरु त्यहाँको आयले मालामाल भइरहदा त्यहाँ कायम गर्नेहरुको भने हालबेहाल

किशन साह
फागुन २२: जनकपुरधाम ।
बोर्डिङ्ग स्कूल संचालकहरु त्यहाँको आयले मालोमालो भइरहदा त्यहाँ काम गर्नेहरुको भने हालबेहाल हुने गरेको छ । स्कूलको आयबाट ति स्कूलका संचालकहरुले ठाउँठाउँमा घरजग्गा किन्ने गर्दछन् अनि आप्mनो बालगोपाललाई पनि महँगो शिक्षा अन्यत्र राखेर दिने गरेका हुन्छन् । तर स्कूलमा अहोरात्र शिक्षाको अनुपात कम तलवमै पढाउने योगदान गरीरहेका शिक्षकहरुलाई भने मासिक रुपमा तलव दिनमा भने बोर्डिङ्ग स्कूल संचालकहरु पछाडी पर्ने गर्दछन् । त्यस्कारण त्यहाँ काम गर्नेहरुको हालबेहाल नै हुने गर्दछ ।
समयमा तलव नपाउदा विकल्प खोज्दै शिक्षकहरु अन्यत्र जाने गर्दछन् । अनि शिक्षक परिवर्तन हुने गर्दछ । त्यस्ले पढीरहेका नानीहरुमा नकारात्मक असर पर्ने गर्दछ । साथै एक त तलव दिनमा ढिलाई अनि तलव दिनु भन्दा कामबाट हटाइदिने धम्की दिइन्छ यात अहिले जाउ भोलीबाट काममा नआउनु तलव पछि लैजानु भन्ने गरिन्छ । अहिले बोर्डिङ्ग स्कूल शिक्षाको ठूलो व्यापार नै बनेको छ । जुन व्यापारमा सरकारी शिक्षकहरुको समेत प्रत्यक्ष संलग्नता रहने गरेको छ । सरकारी शिक्षकहरुकै प्रत्यक्ष संलग्नता त्यहाँ रहेपछि सरकारी स्कूलको शिक्षा कमजोर बन्दै गएको छ । सरकारी शिक्षकहरुले श्रीमतीको नाममा स्कूल संचालन गरेका छन् । बोर्डिङ्ग स्कूलमा पढाएर तलव नपाउदा पनि जोडतोडले आवाज उठाउने क्षमता नभएकै कारण पनि त्यहाँ पढाउने शिक्षकहरु शोषित भइरहेको अवस्था छ । शिक्षाको मन्दिरको रुपमा परिचित बोर्डिङ्ग स्कूलमा बदनियतको व्यापार हुनु राम्रो होइन । अहिले बोर्डिङ्ग स्कूलको सँख्या बढ्दो छ । कारण त्यहाँ सस्तोमा काम गर्ने शिक्षक देखि अन्य कर्मचारीहरु पाइन्छन् । अनि शिक्षाको व्यापारमा नेपाल सरकारबाट पनि विभिन्न सहुलियतहरु छन् । यस्तोमा काम गराएर तलव नदिने बोर्डिङ्ग स्कूलका बिरुद्ध एकबद्ध भएर सशक्त आन्दोलनमा जानुको विकल्प नरहेको निजी विद्यालय शिक्षक संगठनका अध्यक्ष ब्रजकिशोर यादवको भनाई रहेको छ । यादवले सवलीकरण हुनेगरी साथ नपाएको कारण आफु कमजोर बनेको पनि बताए । उनले साथ पाए बोर्डिङ्ग स्कूलमा कार्यरत शिक्षकहरुले पहिलाको भन्दा राम्रो अवसर पाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0