NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

बोलबम गएका सवारी दुर्घटना हुँदा , दर्जनौं जना घाइते

बोलबम गएका सवारी दुर्घटना हुँदा ,  दर्जनौं जना घाइते

महोत्तरी । महोत्तरीको बर्दिवासमा बोलबंम तिर्थालु बोकेको सवारी फरकफरक दुई स्थानमा दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

सवारी दुर्घटनामा परि घाईते भएकाहरुको बर्दिवास स्थित शुभस्वस्तिक अस्पताल, जनसेवा हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

बर्दिवास नगरपालिका–५, ढुङ्ग्रेस्थित बोलबंम तिर्थालु बोकेको ज१त ६१३५ नम्बर ट्रयाक्टर अनियन्त्रित भएर पल्टिदा १४ जना घाईते भएका छन् । घाईते हुनेहरु सबै धनुषा जिल्लाको धनुषा नगरपालिकाका स्थानीयहरु रहेका छन् ।

त्यस्तै, बर्दिवास नगरपालिका–३, पाटुस्थित बोलबंम यात्रु बोकेको ना३त २०१७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको ज११प ७९१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक र ट्रयाक्टरमा सवार गरी ५ जना घाईते भएका छन् ।

घाईतेहरुको अवस्था समान्य रहको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

बर्दिबास न.पा. ५ ढुङ्ग्रेमा भएको दुर्घटनामा परि घाइते हुनेहरुको विवरण –

(१) जिल्ला धनुषा धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने अं. वर्ष १८ की अमिका मण्डल अवस्था मध्यम ।
(२) धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने वर्ष ४० की गिता मण्डल अवस्था मध्यम ।
(३) धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने वर्ष ३० की ममता मण्डल अवस्था मध्यम ।
(४) जिल्ला धनुषा धनुषाधाम छिरेश्वर न.पा. २ बस्ने अं. वर्ष ५० की चिन्दा यादव अवस्था समान्य ।
(५) छिरेश्वर न.पा. २ वर्ष ९ की अन्जली यादव अवस्था समान्य ।
(६) छिरेश्वर न.पा. २ वर्ष ३५ की सिता मण्डल अवस्था मध्यम, निजको छोरा अं. वर्ष ४ को आर्यन मण्डल,र अं. वर्ष १० को निकेत मण्डल अवस्था समान्य ।
(७) छिरेश्वर न.पा. २ वर्ष ६० की रामकली खत्बे अवस्था समान्य ।
(८) छिरेश्वर न.पा. २ वर्ष १३ को आलोक शर्मा अवस्था समान्य ।
(९) छिरेश्वर न.पा. २ वर्ष ४८ की जिवशी देवी अवस्था समान्य ।
(१०) छिरेश्वर न.पा. २ राम भजन मण्डलको छोरी अं. वर्ष ६ की सुस्मिता मण्डल अवस्था समान्य ।
(११) छिरेश्वर न.पा. २ वर्ष ६० की सुनैना ठाकुर अवस्था मध्यम ।
(१२) छिरेश्वर न.पा. २ वर्ष ११ को कृष्ण मण्डललाई अवस्था समान्य ।

बर्दिवास न.पा. ३ पाटुमा भएको दुर्घटनामा घाइतेहरु
(१. )जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया बस्ने अं. वर्ष ६५ की मिनिया देवी अवस्था मध्यम ।
(२.) जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया वर्ष ४० की ललिता देवी अवस्था मध्यम ।
(३.) जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया वर्ष ६५ को ठागा बैठा अवस्था मध्यम ।
(४.) जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया वर्ष ४० की रम्वा ठाकुर अबस्था मध्यम ।
(५.)मोटरसाईकल चालक जिल्ला महोत्तरी पिपरा गा.पा.३ बस्ने अं. वर्ष २० को उज्वल कुमार झा अवस्था सामान्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0