NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

भन्सार छलेर भारतबाट नेपाल ल्याइएको टायलसहित पिकअप गाडी बरामद

भन्सार छलेर भारतबाट नेपाल ल्याइएको टायलसहित पिकअप गाडी बरामद

भैरहवा ।
रुपन्देही प्रहरीले भन्सार छलेर भारतबाट नेपाल ल्याइएको टायलसहित एउटा पिकअप गाडी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुरा, रुपन्देहीबाट खटिइएको प्रहरी टोलीले गैडहवा गाउँपालिका–६, क्याम्पस चोकबाट उक्त सामानसहितको गाडी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा डीएसपी श्यामु अर्यालले रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं। ५ बस्ने २१ बर्षीय समिम मुसलमानले चलाएको लु २ च ५८३६ नम्बरको योद्धा पिकअप गाडीबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको १ हजार २८ थान विभिन्न किसिमका टायल बरामद भएको बताए ।

गाडीसहित बरामद सामानको मूल्य १२ लाख ८४ हजार भन्दा धेरै रहेको र थप कारवाहीका लागि गाडी चालकसहित बरामद भएको टायल र गाडी भैरहवा भन्सार कार्यालयमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0