NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

भरतपुर अस्पताल पुगेर सांसद जोशीले सुने सेवाग्राहीका गुनासो

भरतपुर अस्पताल पुगेर सांसद जोशीले सुने सेवाग्राहीका गुनासो

चितवन । चितवन २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएलगत्तै सांसद जोशीले आफ्नो सक्रियता बढाएका छन् ।जोशी टोल-टोलमा पुगेर आफ्नो क्षेत्रका जनताको गुनासो सुन्ने र समस्या समाधानका निम्ति छलफलमा सक्रिय रुपमा लागीरहेका छन् । सोही क्रममा जोशीले भरतपुर अस्पतालमा पुगेर बिरामीहरुसँग भेटेका छन् ।

उनी उपचाररत बिरामीको स्वास्थ्य लाभको कामना र सेवा प्रतिको गुनासो सुन्न अस्पताल पुगेका हुन् । अस्पतालमा उपचाररत जेष्ठ नागरिकहरुबाट धेरै गुनासो आएको जोशीले बताए । जेष्ठ नागरिकहरु सांसद जोशीसँग ओपिडी टिकटका लागि लामो समय लाइनमा बस्नु परेको गुनासो गरेका छन् ।

उनीहरुले जेष्ठ नागरिकका लागि छुट्टै ओपिडी टिकट काउन्टर व्यवस्था हुनुपर्ने बताएका थिए । यस्तै जेष्ठ नागरिकहरुका लागि छुट्टै क्याबिनको व्यवस्था हुनुपर्ने गुनासो पनि आएको जोशीले बताए ।
अधिकांश बिरामीहरुले राउण्डमा चिकित्सक भेट्नै समस्या हुने गुनासो गरेका छन् । ‘डाक्टरहरु समयमा राउण्डमा नआउने गुनासो प्राय सबैबाट सुनियो । कम्तिमा बिहान र बेलुका अनिवार्य रुपमा हेरिदिनुपर्‍यो भन्ने उहाँहरुको गुनासो छ’, जोशीले भने सेवाग्राहीहरुले सरकारी अस्पतालको सरसफाई र बीमा कार्यक्रम व्यवस्थित नभएको गुनासो पनि गरेका छन् । सेवाग्राहीहरुले बीमालाई छुट्टै ब्लकमा व्यवस्थित गर्नुपर्ने माग गरेको उनले बताए ।जोशीले सेवाग्राहीको गुनासो बारे अस्पताल प्रशासनसँग आवश्यक छलफल गरेर समस्या समाधानतर्फ अघि बढ्ने बताए । केन्द्रीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालको स्तोरन्नति गरेर सेवालाई थप सहज बनाउन आफ्नो ध्यान केन्द्रित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0