विसुनदेव सरदार
लहान / १३ कातिक।
हिजोआज मिथिलाञ्चलमा समाचकेवालेे आफ्नै महत्त्व राखेको देखिन्छ । यस सन्दर्भमा गाउँगाउँ टोलटोलमा विभिन्न गीत संगीत गुन्जिदा गाउँघर गुन्जयमान बनेको देखिन्छ ।
समा चको समा चको अहिय है….
जोतला खेतमे बैसिय है….
सबरंग पटिया ओछाबिय है….
ओई पटियापर क्या क्या जना….
यस्तै कर्ण प्रिय लोक गीत गाउँदै घरघर टोल-टोल डुलेर नाचगान र एक ठाउँमा जम्मा भई हर्सोल्लाससँग मनाइने दाजु भाई, बहिनीको मायाको प्रतिकको रुपमा रहेको पौराणिक लोकपर्व सामाचकेबा सुरु भएको छ।
साँस्कृतिक धरोहरको रुपमा रहेका मिथिलाक्षेत्रमा शताब्दीऔं देखि शहर तथा ग्रामीण क्षेत्रका साना केटीदेखि लिएर वृद्ध महिलाहरुसम्म सामा चकेबा पर्व बडो निष्ठापुर्वक मनोरञ्जन गरि मनाउने गर्दछन।
कार्तिक पञ्चमीदेखि कार्तिक शुक्ल पुर्णिामाको दिन अर्थात १५ दिनसम्म मनाउने उक्त पर्वमा बहिनीहरुले दाजुभाईको दीर्घायुको लागि कामना गर्दै श्रद्धाको साथ मनाउने गरेको सिराहाको लहान नगरपालिका -७ की ममता गुप्ता , भारती गुप्ता बताउँछिन् ।
उनका अनुसार कांचो माटोबाट बनेको मानव आकृति , पशुपंक्षीको आकृति कांचो रहियो भने यसलाई सामा भनिन्छ र उक्त आकृति भएको मुर्तिलाई आगोमा पकाइयो भने त्यसलाई चकेबा भनिन्छ । सामा भगवान श्रीकृष्ण र जाम्ववतीकी छोरी थिइन । सकृन्त पंक्षीको रुपमा बहिनीले भाईको दीर्घायु र कल्याणको लागि यो पुजा गर्दछिन।
भाइ टीका दिन देखि निष्ठापुर्वक यसको आरम्भ हुन्छ । राति राति छरछिमेकीका महिलाहरु एकठाउँमा जम्मा भई ढक्कीमा सामाचकेबा लगायत अन्य मुर्तिहरु सजाएर दियोबाली गीत गाउँदै यो मनाउँछन्।
पद्ममपुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको छोरीको नाम सामा थियोे भने त्यहीँ बृन्दावनमा चक्रवात नाम गरेको एउटा सुन्दर कुमार बस्दथ्यो। सामा र चक्रवात एकआपसमा प्रेम गर्थे । ती राज्यको महासामन्त चुडक ( चुगला) पनि सामालाई चाहन्थ्यो । तर सामाले चुगलाको प्रेमलाई अस्विकार गरेपछि दुष्ट चुकले सामार चक्रवात ( चकेबा ) को प्रेमसँग भगवान श्रीकृष्णलाई सुनाई दिन्छन्। सोही कुरालाई लिएर भगवान श्रीकृष्णले आफ्नी छोरी सामालाई चरा बन्ने सराप दिनुहुन्छ ।
सराप पाउने बित्तिकै सामा चोरीको रुपमा धारणा गर्छिन् र उडेर वृन्दावन तर्फ जान्छिन । सामा चोरी भईसकेकी
थाहा पाएपछि प्रेमी चक्रवात सामाको वियोगमा स्वेच्छाले चराको रुप धारण गर्न पुग्छ सिरहाको लडुबती महरा बताउँछिन् ।
भगवान श्रीकृष्णको छोरा साम्य राजधानी मथुरा फर्केपछि बहिनी सामा बुवाको सरापले चरी रुपधारण गरेकी थाहा पाए र बाबु कृष्णसँग क्षुब्ध भई सामा तथा चकेवा पुनः मनुष्यको रुपमा फर्काउन बृन्दावनमा गएर घोर तपस्या गर्छन्। उता, चुडकको कारण सामाले दु:ख पाएको भनी मथुराका सबैले चुडकलाई समातेर उसको मुख र मुछ जुङ्गामा आगो लगाई दिन्छन्। आफुमाथि मथुराबासीले गरेको अन्याय सहन नसकी चुडकलाई बृन्दावनमा आगो लगाई दिन्छन्। त्यसैबेला साम्बाले गरेको घोर तपस्याबाट ठुलो हुरीबताससँगै घनघोर पानी पर्दछ।
उक्त हुरीबतासले बृन्दावनको एउटा रुख ढलेर चुडकको जीउमा पर्छ। चुडक त्यही रुखमा किचेर मर्छ। यता साम्बाको तपस्याबाट खुशी भएर भगवान श्रीकृष्णले पुन: मनुष्य रुपमा बरदान दिएपछि सामा चकेबा फेरि मनुष्यको रुपमा शरीर धारण गर्दछन्।
वहीबाट सामाले भनेकी थिइन् मेरो भाइले मलाई उद्दार गरेजस्तै जुन बहिनीले माटोको सामा- चकेबा बनाएर यो पर्व मनाउछन उसको भाईको दीर्घायु हुनेछ त्यही प्रम्परा अनुसार यो पर्व मनाउन थालेको हो ।
पर्वको अन्तिम दिन गाउँका सम्पुर्ण महिलाहरु एक ठाउँ जम्मा भई संकलन गरेको अन्नपात र रकमको समाजका मान्यजन र इष्ट मित्रलाई एकत्रित गरेर भोजभतेर नाचगान गरेर मनोरञ्जन गर्ने गरिन्छ ।