NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा

भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा

सिरहा ।
सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित गागनखोला ईलाकाबाट बैशाख ११ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडासहित ३ वटा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय माडरमा बुझाईएको छ ।
भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमा
रौतहट जिल्लाको परोहा नगरपालिका ९ रामपुरखाप ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख १७ हजार रुपैयाँ बराबरको जुत्ताचप्पलसहित ३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । बीआर ०५ एए १७९०, बीआर २९ एन १३२९ र बीआर ०६४९२०२ नम्बरको भारतीय मोटरसाईकलमा राखी अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विल विजक नभएको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

चोरीपैठारीको सामान नियन्त्रणमा
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बैशाख ८ गते करीव १ लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडा र खेलौना सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

लत्ताकपडासहित भारतीय मोटरसाईकल नियन्त्रणमा
सर्लाही जिल्लाको धन्कौल गाँउपालिका २ स्थित धन्कौल ईलाकाबाट बैशाख ८ गते सशस्त्र प्रहरीले करीव ४ लाख २१ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ बिआर ०६ बियू १९६७ र बिआर ३० एल ३३६४ नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरीे बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सिमरा (बिओपी सिमरा) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0