मंसिर २ गते ।
कञ्चनपुर : भारतमा दुई किलो सुन चोरेर आएका नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका १ पटैया निवासी लालबहादुर शाही र विष्णु शाही छन् । बेंगलुरुका एक व्यवसायीको घरमा चोरी गरी दुई नेपाली फरार भएको सूचना केही दिनअघि कञ्चनपुर प्रहरीलाई भारतीय सुरक्षाकर्मीबाट आयो ।
सूचनापछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी उमा चतुर्वेदीले ती दुई नेपालीको नाम, हुलियादेखि घरसम्म पत्ता लगाए । प्रहरीले पनि उनीहरु घर आएको थाहा पाउनासाथ घेरा हालिहाल्यो । उनीहरुको साथबाट डेल ल्यापटप १ थाप, एप्पल ल्यापटप ३ थान, भारु ४३ हजार दुई सय, हङकङ डलर ४०, थाइल्याण्ड भाट १ हजार २६०, अमेरिकी डल १ हजार पाँच सय, क्यानेडियन डलर २ हजार ८१०, मलेसिएन रिंगिट २३, सिंगापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३० र चाइनिज युवान १६१ बरामद भएको छ । साथै सुनका गरगहना करिब २ किलो रहेको प्रहरीले जनाएको छ ।
यस्तै विभिन्न रंगका पथ्थरहरु १ केजी ९९ ग्राम बरामद भएको छ । उनीहरुलाई अहिले हिरासतमा राखेर कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एसपी चतुर्वेदीका अनुसार ती दुई जना १–डेढ वर्षदेखि बेंगलुरुका भारतीय व्यवसायीको घरमा काम गर्दै आएका थिए ।
घरको जिम्मा दिएर उनी बाहिर निस्कन थाले । त्यसपछि उनीहरुले चोरीको योजना बनाएको एसपी चतुर्वेदीले बताएका छन् । पछिल्लो समय ती व्यवसायी १५ दिनका लागि घरबाहिर गएका थिए । यही मौका पारेर दुई जनाले घरमा भएका सुनका गरगहनादेखि लाखौं रकम चोरी गरे । व्यवसायीकै गाडी लिएर मुम्बईसम्म आए । पक्राउ पर्ने सम्भावना भएकाले मुख्य नाका नभई चोर बाटोबाट नेपालस्थित घरसम्म पुगे ।
भारतमा सुन चोरेर आएका नेपाली प्रहरीको ट्रयापमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1