NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

भारतीय राजदूत र प्रधानमन्त्री देउवा बिच भेटवार्ता

भारतीय राजदूत र प्रधानमन्त्री देउवा बिच भेटवार्ता

भारतीय राजदूत र प्रधानमन्त्री देउवा बिच भेटवार्ता

मंसिर ४ मा भएको निर्वाचनको परिणाम नआइसक्दैन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो पटक भेटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न श्रीवास्तव शनिबार विहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेको स्रोतले बताएको छ । यसअघि उनले मंसिर १० गते बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँगै एक्ला एक्लै भेटवार्ता गरेका थिए । चुनावी नतिजा नआउँदै भारतीय राजदूतको दौडधुप देखिएपछि उनको आलोचना भइरहेको छ ।
यसअघि देउवालाई भेटेपछि राजदूत श्रीवास्तवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।

प्रधानमन्त्री देउवासँग भेट भएको १० दिन पनि नवित्दै फेरि उनीहरूबीच भेटवार्ता भएको हो । शनिबार भने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई चुनाव जितेकोमा बधाई दिनका लागि राजदूत श्रीवास्तव बालुवाटार गएको बताइएको छ । शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गरेकोमा राजदूतले देउवालाई बधाई दिएको स्रोतको दावी छ । निर्वाचनको अन्तिम नतिजा आउनेक्रमसँगै दलहरूले नयाँ सरकार गठनको गृहकार्य थालेको बेलामा भारतीय राजदूतको सक्रियता बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0