जनकपुरधाम, १ मंसिर ।
जनकपुरधाम : सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) का प्रवक्ता विजय सोनकर शास्त्री आज जनकपुरधाम आएका छन् । भारतको तल्लो सदन लोकसभाका पूर्व सदस्यसमेत रहेका शास्त्रीले भारतझैं नेपालमा पनि दलित समस्या जटिल रहेको बताए ।
नेपाल भ्रमणक्रममा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आएका शास्त्रीले नेपाल र भारतको राजनीतिक, सामाजिक र साँस्कृतिक स्वरूप समान रहेकाले दुवै देशका दलित समुदायले भोग्नुपरेका उत्पीडन, उपेक्षा र बहिष्करणको प्रकृति एउटै भएको उल्लेख गरे । उनले दलित समस्या समाधानका लागि सरकार, गैरसरकारी क्षेत्र र अन्य पक्षले ठोस पहल गनुृपर्ने औेंल्याए ।
उनले भारतवासीमा सिंगो नेपालसँगै धार्मिक तथा साँस्कृतिक सहर जनकपुरधामप्रति आत्मीयता र स्नेह रहेको बताए ।
प्रवक्ता शास्त्रीले आफ्नो नेपाल भ्रमण राजनीतिक नभएको स्पस्ट पार्दै भ्रमणक्रममा केही नेताहरूसँग भेट भएको जानकारी दिए । ‘मेरो भ्रमण मूलतः दुई देशबीच धार्मिक, सामाजिक र साँस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भएको हो । त्यसैले मैले यहाँ धार्मिक र सामाजिक प्रकृतिका संस्थाका व्यक्तिहरूसँग भेटेको हुँ,’ उनले भने ।
संघीय राजधानी काठमाडौंबाट विमानमा आएका शास्त्रीलाई लोसपा नेपालका नेता वृषेशचन्द्र लाल, सांसद चमेलीदेवी दास, प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालगायतले स्वागत गरेका थिए