NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

भारी मात्रामा भारत लैजान लागेको मदिरा बरामद

भारी मात्रामा भारत लैजान लागेको मदिरा बरामद

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको रु १८ लाखको मदिरा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0