NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

भारी वर्षाका कारण पोखरा-बागलुङ सडक खण्डमा खस्यो पहिरो, हिजो रातिदेखि यात्रुहरु अलपत्र

भारी वर्षाका कारण पोखरा-बागलुङ सडक खण्डमा खस्यो पहिरो, हिजो रातिदेखि यात्रुहरु अलपत्र

पोखरा ।
धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा-बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी-६ स्थित महभीरमा सडकमा पहिरो खस्दा गए रातिदेखि आवागमन अवरुद्ध भएको हो ।

भारी वर्षाका कारण भीरबाट ठूला-ठूला ढुंगासहितको पहिरो खसेर सडक पुरिएको हो। सडक खुलाउनका लागि एक्स्काभेटर र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन पारि नयाँपुलमा रोकिएका छन्। यस क्षेत्रबाट अन्यत्र जाने लामो तथा छोटो दूरीका सवारी वारि डिमुवामा रोकिएका छन्।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0