NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

मंसिर १४
चितवन नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका हुन् । रावलले अध्यक्षमा भने २२३ मत प्राप्त गरेका थिए ।
रावलले भने केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहने बताउँदै आएका छन् । तर आयोगले चुनावका क्रममा केन्द्रीय सदस्यमा समेत उनको नाम राखेको थियो ।
उपाध्यक्षमा हारेपनि केन्द्रीय सदस्यमा विजयी भए घनश्याम भुसाल
नेकपा एमालेको केन्द्रीय सदस्यमा घनश्याम भुसाल विजयी भएका छन् । उनी उपाध्यक्षमा भने पराजित भएका छन् । सौराहामा आयोजित चुनावी मत परिणाम घोषणा सभामा निर्वाचन आयोगका संयोजक विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरे । भुसाल केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर विजयी भए । तर टंक कार्की पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0