NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

भैरहवा नाकामा आयात ठप्प, राजस्वमा कमी

भैरहवा नाकामा आयात ठप्प, राजस्वमा कमी

भैरहवा ।
भैरहवा भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापार घटेपछि समग्र भन्सारको राजस्वमा असर देखिएको छ । यी भन्सार कार्यालयबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा ३५ प्रतिशत र राजस्वमा ४० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ ।

यातायातका साधन र पेट्रोलियम पदार्थको आयातमा कमी आएपछि राजस्व घटेको वीरगन्ज भन्सार कार्यालयको भनाई छ । भैरहवा कार्यालयबाट गत वर्ष जेठसम्म १ खर्ब ८ अर्ब रूपैयाँ राजस्व उठेकोमा यो वर्ष ६९ अर्ब ६४ करोड रूपैयाँमात्रै उठेको छ ।

यस्तै, वीरगन्ज कार्यालयबाट गत वर्ष जेठसम्म १ खर्ब ८८ अर्ब रूपैयाँ संकलन भएकोमा यो वर्ष १ खर्ब ४२ अर्ब रूपैयाँ संकलन भएको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भैरहवा र वीरगन्जमा रहेका दुई भन्सार नाकाको योगदान ६७ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0