NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

भ्रष्टाचारको अखडा बन्दै सिरहाका सरकारी कार्यालयहरु

भ्रष्टाचारको अखडा बन्दै सिरहाका सरकारी कार्यालयहरु

लहान/पुस ४ गते। सिरहा जिल्लाको हरेक सरकारी कार्यालयहरुमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको सरोकारवालाले जनाएको छ ।लहानमा जिल्ला प्रशासन कार्यालय सिरहाले सरोकारवालाहरु संग गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई सरोकारवाला यस्तो बताएका हुन् ।
मालपोत , यातायात , नापी , सडक डिभिजन , बन , घरेलु लगायतको हरेक सरकारी कार्यालयहरुमा खुल्लेयाम भ्रष्टाचार भैरहेको छ ।, भने हरेक सरकारी कार्यालयहरुमा चाकडी गर्ने बिचोलियाहरुको बिगबिगी बढेको सरोकारवालाहरुले बताएका छन् ।महङ्गी दिनानु दिन बढिरहेको कारण निजामती कर्मचारीहरुलाई तलवको पैसाले परिवार पाल्न धौ – धौ भएकोले उनिहरु लालची भई भ्रष्टाचार गरिरहेको उनिहरुले गुनासो गरे । भ्रष्टाचारमा स्थानीय तहहरु पनी अछुतो छैन् , तल देखि माथी सम्म मिलोमतोमा भ्रष्टाचार भैरहेको छ भन्दै सरोकारवालाहरुले भने , ‘सरकारी कार्यालयको बिल भरपाई सहि रुपमा जनताको सामु पारदर्शी गर्यो भने हरेक कार्यालयका प्रमुख, लेखापाल लगायत सरोकार राख्ने कर्मचारी, जनप्रतिनिधि , उपभोक्ता ठेकेदार लगायत सम्पुर्ण फस्ने दावी गरे ।
नेपाल भारतको सिमा नाकाबाट खुल्लेयाम लागू औषध भित्रीरहेको गुनासो छ । भन्सार छली ल्याएको अबैध सर – समानमा खुल्लेयाम बजारमा कालोबजारी भैरहेको गुनासो छ । किसानको लागि आएका खाद्यमलमा कमिशनको चलखेल बढेको छ । लहान नगरपालिका व्यापक रुपमा भ्रष्टाचार भैरहेको छ । लहान बसपार्कमा दादागिरी रकम उठिरहेको छ । यता प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले कार्यकाल भित्र भ्रष्टाचार निर्मुल गर्ने प्रतिबद्धता गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0