NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

मधेशबाट लोसपा बढारिदै गएको भन्दै जानकीराम साह एमालेमा प्रवेश

मधेशबाट लोसपा बढारिदै गएको भन्दै जानकीराम साह एमालेमा प्रवेश

 

वैशाख ६ गते ।
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टीका परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका हुन् । लोसपाबाट नगरप्रमुख पदमा उम्मेदवारी पाउने सम्भावना कम देखेपछि उनी एमालेमा प्रवेश गरेका हुन् ।
साहले भने मधेशबाट लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) बढारिदै गएको भन्दै आफु एमालेमा प्रवेश गरेका हुन् ।

जनकपुरधाममा नगरप्रमुखका लागि एमालेबाट जानकीरामलाई नै नगरप्रमुखको पदका लागि टिकेट दिइने भएपछि मात्रै एमालेमा प्रवेश गरेको श्रोतको दावी छ । जानकीराम लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0