NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

मधेशमा माओवादी संगठन निर्माणमा किन फेल ?

मधेशमा माओवादी संगठन निर्माणमा किन फेल ?

विजयकुमार गुप्ता१९ असार २०८०, मंगलबार ।

राजतन्त्रात्मक व्यवस्थालाई विघटन गरी नेपाली जनताको शासन व्यवस्था स्थापना गर्ने विगुल फुक्दै प्रचण्डको नेतृत्वमा तत्कालिन नेकपा (माओवादी) ले २०५२ फागुन १ देखि १० वर्षे जनयुद्ध सञ्चालन गर्याे यस कारण २५० वर्ष भन्दा लामो इतिहास बोकेको राजतन्त्रात्मक व्यवस्थालाई अन्त्य भयो । यसले देशका हरेक जनसमुदायलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा प्रभावित गर्याे ।

अर्को भौगोलिक नेपाल देशको एकिकरण र निर्माण गर्ने श्रेय राजा पृथ्वीनारायण शाहलाई जान्छ । पृथ्वीनारायण शाहको गोर्खा राज्य बिस्तारको क्रममा नेपालको राजधानी काठमाडौँ स्थापित भयो । पृथ्वीनारायण शाहको शाखा सन्तान राजा हुँदै जाने परम्पराले वंशवादमा आधारित सामन्तवादी एकात्मक राजतन्त्रात्मक व्यवस्था अघि बढ्यो । माओवादीले २०५२ सालमा उपेक्षित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनसमुदायहरुलाई सु–संगठित गर्दै जनमुक्ति सेना निर्माण गरी २५० वर्ष भन्दा लामो इतिहास बोकेको राजतन्त्रात्मक व्यवस्थालाई लामो संघर्ष , जनयुद्घ र जनआंदोलनको बलमा अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको परिकल्पना भयो त्यो क्रममा २०७२ को संविधानको राजनीतिक व्यवस्था मूलतः नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बिचको राजनीतिक लेनदेन र सहमति रहेको छ । जनवादी गंणत्रतको एजेण्डा बोकेको १० बर्षे जनयुद्घको विफल अवतरण भयो, हजारो शहिदको सपनाको जनवादी सरकारको परिकल्पनालाई परिर्माजित गरियो यसको प्रत्यक्ष प्रभाव देशको सबै भन्दा बढी जनंसख्या भएको हाल मघेश प्रदेशमा पर्यो यहाको साक्षरता नेपाल भरीको प्रदेश मध्ये न्युन अवस्थामा रहेको छ ।

मधेश प्रदेशमा पार्टी भित्र झाँगिदै गएको गुटबन्दी, जातिगत क्रियाकलाप र केन्द्रीय नेतृत्वको उदाशनिताले माओवादी पार्टीको निती मघेशमा राजनैतिक गर्ने पार्टीहरु मध्ये अवव्ल हुदापनि संगठन ओरालो लगेको छ, मघेश प्रदेशमा देशको ठुलो जंनसख्या बसोवास गर्छ यहाँबाट समानुपातिक मत पार्टीलाई नर्पनु केन्द्रमा वा संसदमा हुने पार्टी प्रतीको प्रभावलाई न्युनिकरण गर्न भुमिका खेलेको छ, मघेशमा समानुपातिक भोट पनि राष्ट्रीय संसदीय व्यवस्थामा प्रत्यक्ष प्रभाव पार्न र आफनो एजेण्डा स्थापित गर्न अहम भुमिका खेल्छ । पार्टी कार्यकर्ताहरूले गुनासो गर्न थालेका छन् कि नेताको आफन्त, आसेपासे र जातीपातीको लागि हामीले समानुपातिक भोट किन हाल्ने ? संसदीय व्यवस्थाको विकृतिहरूमध्ये नातावाद, कृपावाद अनि भ्रष्टाचारका विरुद्ध रातो कफन बाँधेर लडियो, आज तिनै विकृतिको सिकार भएको कम्युनिष्ट नामधारी संसदीय पार्टी किन चाहियो ?

केन्द्रीय नेताहरुमा भएकको द्विविधाहरूले गर्दा माओवादी पार्टी निरन्तर मधेश प्रदेशमा ओरालोको दिशामा अग्रसर छ । विचार, सिद्धान्त र दस्तावेजहरुमा कम्युनिष्ट आदर्श, निती र समाजवादका कुरा गर्ने तर व्यवहारमा चरम अवसरवादी सहित व्यक्तिवादी प्रवृत्ति देखिदैछ, पार्टी नेतृत्वको कार्यशैलीमा व्यक्तीवाद, गुटवाद, जातीवाद पार्टीको प्रायः नेताहरुमा व्याप्त छ । मधेश भित्रको पार्टीको सम्पुर्ण कमिटीहरु सहित प्रदेश कमिटी पनि भंग भएको अवस्थामा छ, भंग भएको प्रदेश कमिटी पुर्नगठन नभएको १ वर्ष भन्दा बढी समय हुन थालेको छ ,केही निर्माण भएको स्थानिय कमिटीहरु निशक्रिय प्रायः छ किनकी माथीको कमिटीहरुमा जिम्मेवारी प्रत्योजन गरेको छैन ।

अहिले मघेशमा विभिन्न गुटको नाममा पार्टीको स्थानिय नेताहरु र केन्द्रीय नेताहरु विचको सम्बन्ध कायम गरी पार्टी संचालनमा रहेको अवस्था छ । कोही पुर्व माओवादी त कोही पुर्व जनमोर्चा त कोही जातीवादको नारामा रमाउने गरी पार्टीलाई ध्वस्त पार्ने कार्यमा पार्टीको केन्द्रिय नेताहरु सक्रिय देखिन्छ । सङ्घर्ष र वलिदानको गौरवमय इतिहास बोकेको माओवादी पार्टी आजको अवस्थामा आउनुमा जिम्मेवार को ? गम्भीर समीक्षा गर्दै केन्द्रदेखि वडा तहसम्मका हामी सबैले आ–आफ्नो हिस्सामा आउने कमी–कमजोरीको हिस्सेदार बन्नै पर्छ । तर मूलतः पार्टीको मूल नेतृत्वको र केन्द्रिय नेताहरु नै रुपान्तरणको बिना अब माओवादी पार्टीको रूपमा होइन कि एउटा आन्दोलनको रूपमा इतिहासका पानामा कैद हुने बेर छैन । मधेशको जनताले माओवादी पार्टी संग घैरे आशा गरेको छ तर नेताहरुको पार्टी संचालनको शैलीले आज मघेशमा पार्टीको अवस्था खस्किदो छ, मधेशको माओवादी पार्टी भित्र ।

सक्रिय युवाहरुको ठुलो हिस्सा छ तर त्यो युवाको हिस्सालाई जिम्मेवारीबाट टाढा बनाइएको छ र पार्टी भित्र युवाको ठुलो हिस्सा निराश भएको अवस्थामा छ । पार्टी भित्र भएको गुटहरु मध्ये एक गुटले अर्को गुटलाईको सिध्याउने र व्यक्तिगत आक्षेपमा रमाउने देखिन्छ । पार्टी भित्र एक–अर्कालाई परास्त गर्ने योजनाहरुमा गुटको नेताहरुदेखि कार्यक्रताहरु रमाउने गरेको व्यवहार आजभोली मधेशको पार्टी भित्र जोडदार रुपमा व्याप्त छ । पार्टी संगठन एउटा विधिमा चलाऔं र बनाऔँ भन्ने चिन्ता र हुट्हुटी कुनै केन्द्रीय नेताहरुमा देखिदैन । तेस्रो तहका युवा–विद्यार्थीबाट आएका उदीयमान युवा नेताहरूलाई पहिलो र दोस्रो तहका नेताहरुका ढोका कुर्न नै भ्याई नभ्याई छ । चौथो तह पुछरका हामी जस्ता कार्यकर्ताको यो पार्टीमा कुरा कसले सुन्ने ?

माओवादी पार्टी अनिश्चयको भुमरीमा फसेको वर्तमानको गम्भीर आत्मसमीक्षा गर्दै देश, जनता र पार्टी पंक्तिको स्वर्णिम भविष्यको सपनालाई साकार रूप दिन युवाहरू उच्च मनोबलसहित हातेमालो गर्दै अगाडि बढ्न सक्नुपर्छ । मधेशको जनताको लागी जोडदार रुपमा जनमुखी कार्य गर्दे आएको पार्टी राजनीतिमा पास भएको तर संगठनमा फेल भएको माओवादीलाई व्यवस्थित संगठनात्मक विधिमा पुनर्संगठित गर्न आवश्यक देखिन्छ ।अवसरहरूको समान वितरणको अवाशयकता , युवाहरुलाई ग्राहयता , वैज्ञानिक पद्धतिको विकास गर्दै पार्टीमा न्याय र समानताको नजिर स्थापित गर्नुपर्ने देखिन्छ ।
(लेखक नेकपा माओवादी केन्द्रको सिरहा जिल्ला नेता हुन )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0