NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

मधेशलाई सुख्खा क्षेत्र घोषणा गर जनमत पार्टीको माग चन्दन रजक सप्तरी

मधेशलाई सुख्खा क्षेत्र घोषणा गर जनमत पार्टीको माग चन्दन रजक सप्तरी

राजबिराज २१ साउन— जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । जिल्ला प्रशासनलाई आइबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका जनमत पार्टीका जिल्ला इन्चार्ज राम गमन साहले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
यस्तै जनमतका नेताहरूले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मधेसलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको जनमत पार्टीका इन्चार्ज साहले बताए ।

यस वर्ष तराई–मधेशका अधिकांश स्थानमा अत्यन्त न्यून वर्षा भएर खडेरी परेको छ । भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेशका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीको समेत हाहाकार मच्चिएको साहले बताए । उनका अनुसार खानेपानीका परम्परागत स्रोत इनार र चापाकल सुकेर पानी नआउँदा मधेसलगायतका स्थानमा पिउने पानीको ठूलो समस्या परिरहेको छ ।

खडेरीका कारण तराई–मधेशको जनजीवन प्रभावित भएको उल्लेख गर्दै इन्चार्ज साहले पानी नपरेको अवस्थामा वैकल्पिक सिँचाइको व्यवस्था नहुँदा किसानले धानखेती लगाउन नसकेको बताए । मधेशका अधिकांश खेत बाँझै रहेको उनको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0