NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

मधेशी समुदायप्रति लक्षित गरी विभेदपूर्ण भाषण दिएको मन्त्री चौधरीलाई कारवाही गर्न मधेशी आयोगद्वारा पत्राचार

मधेशी समुदायप्रति लक्षित गरी विभेदपूर्ण भाषण दिएको मन्त्री चौधरीलाई कारवाही गर्न मधेशी आयोगद्वारा पत्राचार

संघीय शहरी विकास मन्त्री मेटमणि चौधरीलाई आवश्यक कारवाही गर्न मधेशी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ | मन्त्री चौधरीले कार्तिक २१ गतेको प्राइम टाइम टेलिभिजन बाट प्रसारित “मङ्सिर ४ महासंग्राम” कार्यक्रममा मधेशी समुदाय विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेपछि मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएको छ |

सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारवाही गर्न अनुरोध गरेको छ |

अध्यक्ष डा.दत्तले मधेशी समुदायलाई लक्षित गरी यस्ता विभेदपूर्ण भाषण दिनु प्रति खेद व्यक्त गर्दै यस्ता अभिव्यक्तिहरु प्रति आयोग सचेत रहेको बताएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0