काठमाडौं,
मधेश प्रदेशको राज्य मन्त्री र जसपा पार्टी संग आबद्ध नेपाल ईन्जिनियरिंग समाज को केन्द्रीय सह अध्यक्ष ई संजिव नारायण यादव बिच सोमबार दिनको बालकुमारी स्थित जसपा पार्टी कार्यालय भित्रै कुटाकुट भएका छन् ।
मधेश प्रदेशको राज्यमन्त्री समेत रहेका योगेन्द्र राय यादवले सोमबार दिउसो २:३० बजे पार्टी कार्यलय बालकुमारी स्थित जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव को बारेमा मधेश प्रदेशका राज्य मन्त्री योगेन्द्र राय यादवले आरोप लगाई जथाभावी गालीगलोज को प्रयोग गर्दै स्थानिय चुनावमा अध्यक्षले प्रचार प्रसार नगरेकोले पार्टीको हार ब्यहोर्नु परेको थियो । आफुलाई जानीजानी चुनाव हार्ने ठाउंबाट टिकट दिएको लगायतका आरोप प्रत्यारोप राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव माथी बोल्न थालेपछि जसपा पार्टी संगै आबद्ध रहेका नेपाल ईन्जिनियरिंग समाजको केन्द्रीय सह अध्यक्ष ई संजिव नारायण यादवले मन्त्री योगेन्द्रलाई जथाभावी नबोल्न आग्रह बारम्बार गरेपनि मन्त्री नरोकिए पछि दुवै बिच भनाभन सुरू भयो । मन्त्री यादव ईन्जिनीयर संजीव माथि नै खनिन सुरू गरेपछि संजीव यादवले जबावी हमला गरेको थियो । चर्काचर्की बाट सुरू भएको विवाद कुटाकुटको स्थितीमा पुगेर हातपा समेत भएको एक स्रोतले जनाएको छ ।
सोही चर्को होहल्ला हुन थाले पछि , पार्टी अध्यक्षको स्वकिय सचिव सुभाष यादवले दुवै पक्षको बिबादलाई शान्तिपूर्ण तरिकाले रोकिएको बताउनु भएको छ। उता प्रत्यक्षदर्शीहरूको भनाई अनुसार मन्त्री योगेन्द्र कै गल्ति भएको कारणले इन्जिनीयर संजीव संग घुसा चमेटा खाएको बताउनु भएको छ।
मधेस प्रदेशको मन्त्री र युवा नेता यादव बिच कुटाकुट
