NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

मधेस प्रदेश : गठबन्धनमा ६० प्रतिशतभन्दा कम सिट नलिने कांग्रेसको निर्णय

मधेस प्रदेश : गठबन्धनमा ६० प्रतिशतभन्दा कम सिट नलिने कांग्रेसको निर्णय

 

भदौ २४ गते ।
जनकपुरधाम : नेपाली कांग्रेसले मधेस प्रदेशमा ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचारप्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ । सिफारिसमा नपरेका प्रदेश कार्यालयमा निवेदन दिएका आकांक्षी उमेदवारहरूका नाम राय पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0