NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

मलाई विजयी गराउनुस् मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर हुनेछ : अजय निराला

मलाई विजयी गराउनुस् मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर हुनेछ : अजय निराला

चितवन – जनता समाजवादी पार्टी नेपाल बागमती प्रदेश सचिव अजय निरालाले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता निरालाले जनताको घरदैलोमा पुगेर भन्नुभयो, “म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ ।”

अजय निरालाले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । घरदैलोका क्रममा स्थानीयवासीले सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ क्षेत्रमा विगतमा निशुलक ध्यान दिन आग्रह गरेका छन् भने जितका लागि शुभकामनासमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0