NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका एक युवकलाई अब १२ वर्ष कैद मात्र

मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका एक युवकलाई अब १२ वर्ष कैद मात्र

 

भदौ २४ गते ।
जनकपुरधाम : मलेसियामा मृत्यु दण्डको सजाय सुनाइएका एक नेपाली युवाको कैदमा परिवर्तन गरिएको छ ।

धनुषाको साविक गोविन्दपुर वडा नम्बर २ का सुरज देव साह तेलीलाई तोकिएको मृत्यु दण्डको सजायमा अब १२ वर्ष कैदमा परिवर्तन भएको हो ।

कर्तव्य ज्यान मुद्दामा मलेसियाको उच्च अदालतले तेलीलाई २०२० अगस्तमा मृत्यु दण्डको सजाय सुनाएको थियो । उक्त मृत्यु दण्डको सजाय पुनरावेदनका लागि दिइएको पुनरावलोकन मुद्दामा मृत्यु दण्डलाई कैद सजायमा परिवर्तन गरिएको हो ।

सोही बमोजिम कैद सजाय काटेपछि तेली स्वदेश फर्किने नेपाली राजदूतावास क्वालालम्पुरले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । कर्तव्य ज्यान मुद्दामा तेली सन् २०१६ को डिसेम्बरमा पक्राउ परेका थिए । सभार-  टुडेखोज डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0