NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

महानगरपालिकाका केही कर्मचारी भ्रष्टाचारमा लागेको भन्दै उजुरी लिएर महानगर प्रमुख बालेन शाह नै पुगे अख्तियार

महानगरपालिकाका केही कर्मचारी भ्रष्टाचारमा लागेको भन्दै उजुरी लिएर महानगर प्रमुख बालेन शाह नै पुगे अख्तियार

काठमाडौं ।
काठमाडौं महानगरपालिकामा कार्यरत केही कर्मचारी भ्रष्टाचारमा लागेको भन्दै उजुरी लिएर महानगर प्रमुख बालेन शाह नै अख्तियार पुगेका छन् । महानगरको काम कारबाहीमा कानूनसम्मत काम नगरी भ्रष्टाचारमा लागेको भन्दै शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मौखिक उजुरी दिएका हुन् ।

अकुत सम्पत्ति कमाएको र भ्रष्‍टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले महानगरका कर्मचारीलाई फारम भराएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा विभिन्न पदमा कार्यरत ३२ जना कर्मचारीलाई व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण फारम भराएको हो। अख्तियार स्रोतका अनुसार सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखाले सम्बन्धित आयुक्तको प्रत्यक्ष रेखदेखमा महानगरका कर्मचारीउपरको छानबिन अघि बढाइरहेको छ।

कर्मचारीको व्यक्तिगत तथा पारिवारिक विवरण, अचल सम्पतिको विवरण, चल सम्पतिको विवरण जसमा बैंक तथा वित्तीय संस्थामा रहेको सेयरहरूको विवरण साथै लकरको विवरण भराइरहेको छ। आफ्नो खाता नम्बर र त्यसमा रहेको रकमको विवरणसमेत भर्नुपर्नेछ। साथै सुन चाँदीको विवरण उक्त सम्पत्ति प्राप्त गरेको मिति र मूल्य, एकाघर सगोलमा बसेको परिवार भएको खण्डमा परिवारका सदस्यको पेशा र उनीहरुको मासिक तलब स्केलसमेत भराइरहेको हो।

लामो समयदेखि महानगरको लेखा, खरिद तथा आम्दानी सम्बन्धित महाशाखामा कार्यरत कर्मचारीको सम्पत्ति छानबिनका लागि महानगरका प्रमुख आफैले सिकायत गरेका हुन्।

विवरण भराएपछि बयान लिने काम पनि हुनेछ। विवरणमा शंकास्पद देखिएमा अख्तियारले कर्मचारीहरूलाई बयानका लागि बोलाउने गर्छ। अहिलेसम्म भएको आम्दानी, खर्चको विवरणमा अवैध सम्पत्तिको आशंका हुनेवित्तिकै आयोगले बयान लिनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0