NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

महामहोत्सव विवाह पञ्चमी आजदेखी सुरु, पहिलो दिन नगरदर्शन

महामहोत्सव विवाह पञ्चमी आजदेखी सुरु, पहिलो दिन नगरदर्शन

 

मंसिर १७ गते
जनकपुरधाम : महामहोत्सव रामजानकी विवाह पञ्चमी आजदेखी सुरु भएका छन् । सात दिवसीय सो महामहोत्सवको पहिलो दिन आज नगरदर्शन गरिएको छ ।

नगरदर्शनमा एक जोडा बालबालिकालाई भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर घुमाइन्छ ।

आज जानकी मन्दिर प्रांगणमा यो कार्यक्रम आयोजन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

नगरदर्शन हेर्न जानकी मन्दिरमा आजको दिन श्रद्धालुको भीड लाग्ने गर्द छ ।

र्शनार्थीहरूले राम लक्ष्मणलाई फूलैफूलले स्वागत गर्दछन् ।

आजदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0