NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

महाेतरीमा टिकटक बन्दकाे माग राख्दै युवाहरूले गरे प्रदर्शन

महाेतरीमा टिकटक बन्दकाे माग राख्दै युवाहरूले गरे प्रदर्शन

महाेतरी । जलेश्वरमा स्थानीय युवाहरूले सामाजिक सञ्जाल टिकटक बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।
टिकटकमा अश्लिलता प्रदर्शन गर्नुका साथै संस्कृतिसमेत बिग्रिरहेको भन्दै युवाहरूले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् ।
टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्नेलगायतका माग गर्दै उनीहरूले प्रदर्शन गरेका छन् ।
उनीहरूले टिकटकलाई बन्द गर, टिकटक भगाउ, आफ्नो देश बचाउ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेर प्रदर्शन गरेका हुन ।
टिकटकमा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । यसअघि युवाहरूले टिकटक बन्द गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
टिकटक बन्द संघर्ष समिति को अध्यक्ष सुभाष कुमार यादव जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0