NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

महिन्द्राका इलेक्ट्रिक अटो जनकपुरधाममा आजदेखी संचालनमा

महिन्द्राका इलेक्ट्रिक अटो जनकपुरधाममा आजदेखी संचालनमा

फल्गुण ११ गते ।
जनकपुरधाम : महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रिओ नामक इलेक्ट्रिक अटो मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामको बसपार्क नजिक सार्वजनिक गरिएको छ ।
महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले हेटौंडामा एक कार्यक्रमका बीच अटो सार्वजानिक गरेको हो ।

मधेश प्रदेशका उधोग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोको प्रमुख अतिथ्यता तथा आधिकारिक विक्रेता सिने ए अटो मोबाइल प्रा.लि का अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामका कार्यक्रम भएको हो । ८ लाख ४० हजार शोरुमको मूल्यमा विद्युतीय अटो खरिद गर्न सकिने बताइएको छ ।

विरेन्द्र साहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने छन् । विद्युतबाट सञ्चालन हुने भएकाले आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने बताएका छन् ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले जनकपुरधाममा जिरोमाइलमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु. ८,४०,००० शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतमा निर्माण भइरहेको छ । नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1