फाल्गुन २४ गते ।
जनकपुरधाम : महोत्तरीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकसहित २ जनाको ज्यान गएको छ ।
ज्यान जानेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय संजित मण्डल र सम्सी गाउँपालिका वडा नम्वर १ पर्सा बस्ने प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
सोमबार साँझ औरही नगरपालिका वडा नम्वर ४ कठुधार स्थित माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.२–०२–००१ च.०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक युवक संजित र पछाडि सवार बालक धिरज गम्भीर घाइते भएका थिए ।
दुबैजनालाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुबैजनाको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाइएको छ ।
महोत्तरीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकसहित २ जनाको ज्यान गए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1