NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

महोत्तरीमा स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुईजना प्रहरीको फन्दाम

महोत्तरीमा स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुईजना प्रहरीको फन्दाम

चैत १३ गते ।
जनकपुरधाम :मधेस प्रदेशको महोत्तरीमा स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएका छन् ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नं. २ का २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीबाट खटेको प्रहरीको संयुक्त टोलीले आइतवार विहान करिब पौने १० बजे औरही–१, औरही स्थित बर्दिबास–जलेश्वर सण्डमा ५५ लाख रकम सहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ज ९ प ८२४७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद गरिएको हो ।
पक्राउ परेका दुबैजना सहित रकमलाई आबश्यक कारबाहीको लागी भन्सार कार्यालय जलेश्वर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0