NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

महोत्तरी: महोत्तरीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेका छन्

महोत्तरी: महोत्तरीबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेका छन्

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका वडा ६ किसाननगरका बस्ने अन्दाजी वर्ष २५ को संजय परियार रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

बुधवार राति औरही नगरपालिका वडा ४ कठुधार स्थित माईस्थान सम्सी सडक खण्डमा पार्ने प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर सम्सीबाट आईरहेका परियार लाई चेकजाँच गरे पछि एक्सिप्लोन सिरप ५ बोतलसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

लागूऔषध मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।