महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ३ ख मा स्वतन्त्र उम्मेदवार शंकर पासवान बलियो देखिएको छ ।
निर्वाचन मिति नजिकदै जादा चुनावी सरगर्मी पनि तिव्र हुन थालेको छ । उम्मेदवारहरु मतदाता रिझाउन टोल-टोल घर-घर दौडाहा मा व्यस्त देखिएका छन ।
यता चुनावी वातारण नियालदै गरेका मतदाता आफ्नो मत दिने उपयुक्त उम्मेदवार का बारे नापतोल गरिरहेका छन ।
महोत्तरी ३ प्रदेश ख मा भने चुनावी तापक्रमको मिटर दिनानुदिन फेरिदै छ ।
प्रदेश सभा का लागी उम्मेदवारी दिएका उम्मेदवारहरु कस्सीएर मैदानमा आफ्नो कार्यक्रम गरिरहेका छन ।
प्रदेश ख मा राजनीतिक दल तथा स्वतंत्र गरि कुल २८ जना उम्मेदवार ले आफ्ना उम्मेदवारी दर्ता गराएका छन ।
पूर्व संविधान सभा सदस्य नेकपा एमाले जसपा गठबन्धन का साँझा उम्मेदवार रामदयाल मण्डल तथा स्वतन्त्र उम्मेदवार शंकर पासवानबीच कडा प्रतिस्पर्धा हुने आंकलन राजनीतिक वृतमा चर्चामा रहेको छ ।
महोत्तरी ३ ख मा स्वतन्त्र उम्मेदवार शंकर पासवान बलियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1