NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

माओवादी नेतृत्वको सरकारले पूर्वअयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख वितरण गर्ने निर्णय गरेपछि तिव्र विवाद

माओवादी नेतृत्वको सरकारले पूर्वअयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख वितरण गर्ने निर्णय गरेपछि तिव्र विवाद

काठमाडौं ।
माओवादी नेतृत्वको सरकारले पूर्वअयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख वितरण गर्ने निर्णय गरेपछि तिव्र विवाद भईरहेको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसकै नेताहरुले सरकारको यो निर्णयको विरोध गरेका छन् ।

देशले तलव भत्ता वितरण गर्न पनि ऋण उठाउनु पर्ने अवस्थामा राज्यकोषबाट ८० करोड रुपैयाँभन्दा बढी रकम वाँड्न लागेपछि चौतर्फी विरोध भईरहँदा अर्थमन्त्री डा. प्रकाशरण महतले भने त्यो निर्णयका विषयमा जानकारी नभएको वताए ।

शुक्रबार एमालेको राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई राहत रकम दिने सरकारी निर्णय कार्यवान्वयन नगर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले रकम बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे आफूलाई जानकारी नै नभएको बताए ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ र गृह मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका वेला दुवै मन्त्रालयले पैसा बाँड्न स्विकृति दिएका हुन। एमालेले सरकार छाडेको र कांग्रेस सरकारमा सामेल भइनसकेको अवस्थामा सरकारमा सवै माओवादी मन्त्री मात्रै थिए। सोही समयमा मन्त्रिपरिषदले यो निर्णय गरेको थियो। त्यो विषयमा नेपाल आजले पटक पटक समाचार प्रकाशन गरेको थियो।

प्रधानमन्त्री दाहालले आफैं अर्थ मन्त्रालय सम्हालेका बेला कर्मचारीहरूलाई बालुवाटारमा बोलाएर लडाकूका लागि पैसा दिने कार्यविधि तयार गर्न अर्थले स्वीकृति दिने फाइल उठाउन लगाएका थिए।

माओवादीका पूर्व अयोग्य लडाकूहरूलाई जनही दुई लाख रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले कार्यविधि तयार गरेपछि मात्र त्यसको विरोध भएको हो। संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले लडाकू होइनन् भनेर प्रमाणीकरण गरेका करिब चार हजार माओवादी कार्यकर्तालाई जनताको करको पैसा बाँड्न लागेको भन्दै विरोध भएको हो। लडाकूलाई पैसा दिने विषयमा प्रमुख प्रतिपक्षी दलसहित सत्तारूढ दलकै सांसदहरूले संसदमा चर्को विरोध गरेका छन्।

अयोग्य लडाकूलाई पैसा दिन पहिलो पटक बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएका बेला प्रयास गरेका थिए। तर अदालतले रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0