NSW News

६ असार २०८१, बुधबार
ENGLISH

माधव र प्रचण्ड कम्युनिष्ट आन्दोलनका प्रमुख शत्रु हुन : रघुविर महासेठ

माधव र प्रचण्ड कम्युनिष्ट आन्दोलनका प्रमुख शत्रु हुन : रघुविर महासेठ

 

पुस २३ गते ।

नविन यादव
राजविराज : माधवकुमार नेपाल र पुष्प कमल दहाल प्रचण्ड कम्युनिष्ट आन्दोलनका प्रमुख शत्रु रहेको नेकपा (एमाले)सचिव रघुविर महासेठले बताएका छ्न।

एमाले सप्तरी जिल्लाको ९ औं अधिवेशन उद्घाटन सत्रको प्रमुख वक्ता महासेठले आज शुक्रबार राजविराज स्थित राजरंगशाला सम्बोधनका क्रममा यस्तो बताउनुभयो ।

संसारमा कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेको घडीमा एमालेले निर्वाचनको माध्यमले दुई तिहाईको सरकार बनाएको स्मरण गराउदै त्यस्तो कम्युनिष्ट सरकार ढालेर अपवित्र गठबन्धन गरेको नेपाली कांग्रेसको आलोचना गर्नु अघि माधवकुमार नेपाल र प्रचण्डलाई कम्युनिष्ट आन्दोलन को शत्रु रहेको आरोप लगाए ।

जिल्ला कमिटी संयोजक ताराकान्त चौधरीको अध्यक्षता र सचीव देवनाथ यादवले उद्घोष गरेको कार्यक्रममा महासेठको प्रमुख आतिथ्यता रहेको थियो ।यसैगरी स्थायी कमिटी सदस्य प्रभु साहको विशिष्ट आतिथ्यता रहेको थियो ।भने नेताहरु सत्यनारायण मंडल, सुमनराज प्याकुरेल,रामअवतार यादव,लिलानाथ श्रेष्ठ,जिल्ला इन्चार्ज दिवाकर देवकोटा ,सरिता गिरि,राजकुमार लेखीले सम्बोधन गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0