NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

मानव वेचविखन कार्यमा संलग्न ३ जना पक्राउ २ जना बालिकाको उद्धार

मानव वेचविखन कार्यमा संलग्न ३ जना पक्राउ  २ जना बालिकाको उद्धार

जनकनन्दनी गाउपालिका वडा नं. १ ईनर्वा रेल्वे स्टेसन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्ली तर्फ वेचविखन गर्ने उदेश्यले लगि रहेको व्यहोराको सूचना प्राप्त भएकोमा तत्कालै यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकनन्दनी गाउपालिका वडा नं. १ ईनर्वा रेल्वे स्टेसनमा जनकपुरबाट जयनगर तर्फ जाँदै गरेको रेलबाट २ जना बालिकालाई उद्धार गरि भारत तर्फ वेचविखन गर्ने उदेश्यले लगि रहेका निम्न ३ जना व्यक्तिहरूलाई पक्राउ गरि मानव वेचविखन तथा ओसारपसार मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।
पक्राउ प्रतिवादीहरू
१) जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. ७ कमलानगर टोल वस्ने वर्ष २६ को रूपेश कुमार मिश्र,
२) जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. २३ लादोवेला टोल वस्ने वर्ष २३ को दिल महमद साह,
३) जिल्ला महोतरी मटिहानी नगरपालिका वडा नं. २ विल्टाहा टोल वस्ने वर्ष २० की रानी भन्ने मुस्कान मण्डल,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0