मंसिर १७ गते ।
जनकपुरधाम : सिरहामा रहेको मारुती सिमेन्टमा गुुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजारमा पठाएको सिमेन्ट गुणस्तरहीन भएको पाइएपछि विभागले इजाजत रद्द गरिदिएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको हो । यता मारुतीले सिमेन्टले भने उत्पादन गरेर बजारमा पठाएको सिमेन्ट गुणस्तर रहेको दाबी गर्दै आएको छ ।
मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरेपनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने उनले जानकारी दिए । विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो ।
अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेको थियो । अब, विभागले नेपाल गुणस्तर ९प्रमाणपत्र चिह्न० ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो ।