NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

मिटरब्याज समस्याको समाधान गर्न जाँचबुझ आयोग गठन : मुख्य कार्यालय जनकपुरमा रहने ।

मिटरब्याज समस्याको समाधान गर्न जाँचबुझ आयोग गठन : मुख्य कार्यालय जनकपुरमा रहने  ।

काठमाडौँ । मिटरब्याज पीडितको समस्या समाधान गर्न जाँचबुझ आयोग गठन भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोग गठन भएको एक मन्त्रीले जानकारी दिए। सरकारले तीन सदस्यीय आयोग गठन गरेको हो।

आयोगमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआइजी उत्तमबहादुर सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु आर्याल छन्।

मधेशमा यसको समस्या धेरै भएकाले यसको कार्यालय पनि जनकपुरमा राख्ने निर्णय सरकारले गरेको छ।

सरकारले गत शनिबारमात्रै महोत्तरीबाट आएका मिटरब्याज पीडितसँग पाँच बुँदे सहमति गरेको थियो। जसमा उक्त सहमति भएको पहिलो मन्त्रिपरिषदको बैठकबाटै आयोग गठन गर्ने निर्णय समेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0