NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

मिथिला मध्यमा परिक्रमा आज देखि सुरु

मिथिला मध्यमा परिक्रमा आज देखि सुरु

फाल्गुन १९ गते ।
जनकपुरधाम : मिथिला मध्यमा परिक्रमा विहीबारदेखि सुरु  भएकाछ छन् । धनुषाको  मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला विहीबार साँझ जनकपुरधाम हनुमाननगरको हनुमानगढीमा आइपुग्ने जनाइएको छ ।

डोलासहित आएका परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गर्ने परम्परा रहिआएको छ । मिथिला बिहारीको डोला सहितका यात्रीहरुले विहीबार जनकपुरधाममै विश्राम गर्ने भएपनि औपचारिक रुपमा भने शुक्रबार जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित भारत बिहारको कल्याणेश्वर स्थानमा कल्याणेश्वर महादेवलाई साक्षी राखेर औपचारिक रुपमा परिक्रमा प्रारम्भ हुने परम्परा रहेको सुन्दर सदनका महन्त नवलकिशोर शरणले जानकारी दिए । परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । नेपाल भारतका हजारौं यात्रीहरुले कल्याणेश्वर स्थानमा एक रात विश्राम गरी १५ दिने परिक्रमा सफलताको लागि संकल्प लिने र त्यहाँबाटअगाडि बढ्ने परम्परा रहिआएको छ । २१ गते भारतकै फुलहर स्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरुले विश्राम गर्नेछन,भने २२ गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0