NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

मिनापका कलाकारहरु अयोध्यामा प्रस्थान : सांसद महतोले गरे बिदाइ

मिनापका कलाकारहरु अयोध्यामा प्रस्थान : सांसद महतोले गरे बिदाइ

कार्तिक १४ गते ।
जनकपुरधाम : भारतको अयोध्यामा हुन गइरहेको अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागी हुन जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् (मिनाप)का कलाकारहरू आज अयोध्यातर्फ प्रस्थान गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) वरिष्ठ नेता राजेन्द्र महतोले कलाकारहरुलाई मिठाइ तथा फलफुलको भार दिएर बिदाइ गरेका छन् ।

कलाकारहरूको बिदाइ कार्यक्रममा बोल्दै नेता महतोले नेपाल भारतको सम्बन्धलाई बलियो बनाउनका लागि कलाकारको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपाल भारतको संस्कृतिले नै एक अर्का देशबीचको सम्बन्धलाई बलियो बनाउने कार्य गरिरहेको जिकिर गरेका हन् ।

नेता महतोले राम र सीताबीचको सम्बन्ध रामायणकालीन भएकै कारण आफूहरू नेपाल र भारत बीचको सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको र सांस्कृतिक विकास तथा आदानप्रदानबाट यसको विकास झनै हुने दावी समेत गरे ।

महतोले सीताबिना सम्पूर्ण रामायण नै अपुरो रहेको र रामायणले नै नेपाल भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए ।

मिथिलाको कलाक्षेत्र पौराणिककालदेखि नै उन्नत रहेको भन्दै उनले यसको विकासमा आफ्नो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मिनापका कलाकारहरूको टोली भगवान रामको जन्मस्थल भारतको अयोध्यामा उत्तर प्रदेश सरकारद्वारा आयोजित दीपोत्सव कार्यक्रममा माता जानकीको गाथा ‘जानकी लीला’ प्रदर्शन गर्न त्यसतर्फ प्रस्थान गरेको हो ।

बिदाइ कार्यक्रममा प्रदेश २ का संसद प्रमेश्वर साह, जनकपुरधामकी उपमेयर रीताकुमारी मिश्र, हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र लोसपाका केन्द्रिय सदस्य मनोज चौधरीको उपस्थिती रहेको थियो ।

दीपोत्सवमा पाँच देशका टोलीमध्ये नेपालको मिनापले मात्र ‘जानकी लीला’ प्रदर्शन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0